इरानमा इस्लामिक शासनविरुद्ध प्रदर्शन जारी, पाँच सय बढीको मृत्यु

काठमाडौं ।  इरानमा दुई हप्तादेखि जारी प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सय बढीको मृत्यु भएको छ। यस्तै प्रदर्शनका क्रममा १० हजार ६०० बढी पक्राउ परेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिका हस्तक्षेप गर्ने बारम्बार धम्की दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान स्वतन्त्रतालाई हेरिरहेको छ, अमेरिका मद्दत गर्न तयार छ ।’

जवाफमा इरानले अमेरिकालाई गलत हिसाब नगर्न चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले भने, ‘स्पष्ट हुनुहोस्, इरानमाथि आक्रमण भए कब्जा गरिएका क्षेत्रहरू इजरायलका साथै सबै अमेरिकी अड्डाहरू र जहाजहरू हाम्रो वैध लक्ष्यमा हुनेछन्।’
इजरायली स्रोतहरूले अमेरिकी हस्तक्षेपको सम्भावनाप्रति उच्च सतर्कतामा रहेको बताएका छन्। प्रदर्शन डिसेम्बर २८ बाट मूल्यवृद्धिविरुद्ध सुरु भएको थियो, जुन अहिले इस्लामिक गणतन्त्रविरुद्ध ठूलो आन्दोलन बनेको छ। इन्टरनेट प्रतिबन्धका कारण सूचना प्रवाहमा अवरोध आएको बताइको छ।

सरकारी टिभीले मृत सुरक्षाकर्मीहरूलाई सहीद घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ भने प्रदर्शनकारीहरूलाई आतंककारीु् भन्दै आएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाबाट स्तब्ध भएको बताउँदै अधिकतम संयम अपनाउन आग्रह गरेका छन्। यो सन् २०२२ पछिको सबैभन्दा ठूलो प्रदर्शन हो, जसले इरानको अली खामेनी शासनलाई गम्भीर चुनौती दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर