विशेष महाधिवेशनको पक्षमा ६२.४ प्रतिशत प्रतिनिधि

काठमाडौं  । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर भएको दाबी गरेको छ। आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ।

आइतबार साँझ भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको मञ्चबाट महाधिवेशनमा सहभागी हुन नाम दर्ता गराउने प्रतिनिधिको संख्या ६२.४ प्रतिशत पुगेको जानकारी दिइएको हो।

कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्। यस अगाडि ५४ प्रतिशतले विशेष महाधिवेशन मागेका थिए। ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान कांग्रेसमा छ।

विशेष महाधिवेशनमा सहभागी ५१ प्रतिशत बढीले नेतृत्व समेत परिवर्तन गर्न सक्छन्। कांग्रेस विधानमा पार्टी सभापतिमा निर्वाचित हुन महाधिवेशन प्रतिनिधिको ५१ प्रतिशत मत पाउनुपर्ने प्रावधान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर