एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
एमालेका सचिव भानुभक्त ढकालका अनुसार समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहान ९ बजे बस्नेछ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ ।
प्रतिक्रिया
