जाँचबुझ आयोगलाई ओलीको लिखित बयान
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान प्राप्त भएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीको बयान आयोगलाई आज प्राप्त भएको जानकारी दिएको हो । यसअघि आयोगले आजै ओलीलाई बयानका लागि पत्राचार गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए । आयोगले पत्राचार गरेपछि ओलीको बयान आएको र आयोगले यसलाई प्रक्रियागत रुपमा अगाडि बढाउने प्रवक्ता शर्माले स्पष्ट गरे । तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने बताउँदै आएका थिए ।
प्रतिक्रिया
