भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘कब्जामा’ लिएको ट्रम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका छन् । ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेकी हुन् ।
ट्रम्पले भनेका छन्- ‘अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।’
‘संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध र त्यहाँका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो स्तरको सफल आक्रमण सम्पन्न गरेको छ । राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देश बाहिर लगिएको छ,’ उनले भनेका छन्, ‘यो कारबाही अमेरिकी कानुन कार्यान्वयन निकायसँगको सहकार्यमा गरिएको हो । थप विवरण पछि सार्वजनिक गरिनेछ । आज बिहान ११ बजे मार–ए–लागोमा पत्रकार सम्मेलन हुनेछ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’
