कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ। यसअघि यही पुष २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन विभिन्न कारणले गर्न नसकेपछि काँग्रेसले नयाँ मिति तोकेको हो । यो सँगै कांग्रेस केन्द्रीय कार्य समितिको म्याद पनि थपिएको छ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । आजको बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको थियो । केन्द्रीय महाधिवेशन सरेपछि तल्लो तहका अधिवेशनहरु गर्ने मिति पनि नयाँ तय गरिएको छ ।
केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप
कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेपछि कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए। उन काअनुसार बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पास गरेको हो।
