सर्वसाधारणमाथि गोली चलाएका हवल्दार पक्राउ

काठमाडौं ।  सुनसरीको लौकहीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत रहेको र सर्वसाधारणमाथि गोली चलाएका हवल्दारलाई पक्राउ गरिएको छ।

सर्वसाधारणलाई अनाहकमा गोली चलाएको भनी विहीबार दिनभर लौकही तनावग्रस्त थियो भने सवारी बन्द गरिएको थियो। आफन्तसहितसँगको वार्तापछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित छानबिन समिति सक्रिय भएपछि हवल्दारलाई पक्राउ गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो। भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो। छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन आएपछि थप कारबाही हुनेछ। बीओपीमा रहेका सबैलाई फिर्ता बोलाइएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर