किन सामाजिक सञ्जालप्रति क्षोभग्रस्त भए प्रचण्ड ?
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहर बजारमा हुने होहल्लाका भरमा इतिहास र निष्ठाविहीन तत्वहरूले देश कब्जा गरिसकेको भ्रम फैलाएको बताएका छन्।
रुकुमपूर्वदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका केशव रावलको सम्मान तथा यात्रा समापन कार्यक्रममा उनले भने, “त्याग र तपस्याको अवमूल्यन गरियो” दशकौँको संघर्ष, त्याग र बलिदानबाट स्थापित राजनीतिक दलहरू अब आवश्यक छैनन् भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजि यो । सामाजिक सञ्जाल र सहरको हो-हल्ला हेर्दा त विचार र इतिहास नभएकाहरूले नै नेपाल कब्जा गरिसके जस्तो देखिन्छ । जसले दशकौँ लडाइँ गरेर परिवर्तन ल्याए, उनीहरूलाई बदमास र काम नलाग्ने जस्तो गरी प्रस्तुत गरेर मोबाइल र बजारको हातहातमा भ्रम बाँडिएको छ।”
प्रचण्डले भने, ‘सामाजिक सञ्जाल हेर्यो भने, सहरबजारका मान्छेका होहल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ, पार्टीहरू त सिद्धिसके भन्ने छ।’ सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ’, प्रचण्डले भने।
