मौसम : तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु

काठमाडौं ।  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसोको मौसम: आज दिउँसो तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

रातिको मौसम: आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने भए तापनि बाँकी क्षेत्रको मौसम सफा रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने रातिको समयमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

तराईमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भई यातायात र हवाई उडान प्रभावित हुन सक्ने तथा हिमाली क्षेत्रमा हिमपातले चिसो बढाउने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर