प्रधानमन्त्री कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीच वार्ता सुरु
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनको विषयमा उनीहरूबिच छलफल हुन लागेको हो । यसअघि राष्ट्रपतिको संयोजनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच शीतल निवासमा जेनजी आन्दोलनपछि पहिलोपटक भेटघाट र छलफल भएको थियो ।
प्रतिक्रिया
