कांग्रेसको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज सुनुवाइ हुँदैछ ।
कांग्रेसका ६५ र अन्य दलका सांसदको हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।
प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया
