राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् । छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेनकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी छन् ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अहिले उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक शीर्ष नेताले राष्ट्रपति र प्रधानमन्त्रीसँग एकसाथ बैठक गरेका हुन् ।
प्रतिक्रिया
