माइतीघरबाट जेनजी प्रदर्शनकारीहरू प्रहरी नियन्त्रणमा
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत छन् ।
प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’, लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (तस्बिर : फाइल)
प्रतिक्रिया
