रवि लामिछाने आज भैरहवाबाट रिहा हुँदै

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रूपन्देही जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शुक्रबार रूपन्देही जिल्ला अदालत भैरहवामा उपस्थित भएपछि थुनामुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको हिजो बिहीबारको आदेशपछि उनलाई आज रिहा गर्न लागिएको हो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि हिजो तीनवटा शर्तसहित आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर