एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । पदाधिकारीका अन्य पदमा पनि केपी शर्मा ओली प्यानलका उम्मेदवारहरूले जितेका छन् । उपाध्यक्षमा सर्वाधिक मत ल्याउने पृथ्वी सुब्बा गुरुङसहित विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।

महासचिवमा शंकर पोखरेलले सुरेन्द्र प्रसाद पाण्डेलाई पराजित गरे । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । सचिव पदमा ९ जना निर्वाचित भएका छन् । महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन् भने भने पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मतकुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन् ।

पदाधिकारीहरूको मत परिणाम यस्तो रहेको छ:-

अध्यक्ष (१ पद)

केपी शर्मा ओली : १६६३ मत (विजयी)
ईश्वर पोखरेल : ५६४ मत

उपाध्यक्ष (५ पद)

पृथ्वी सुब्बा गुरुङ : १७३७ मत (विजयी)
विष्णु प्रसाद पौडेल : १६७५ मत (विजयी)
रामबहादुर थापा ‘बादल’ : १५१६ मत (विजयी)
गोकर्ण राज विष्ट : १३६८ मत (विजयी)
रघुजी पन्त : १२५८ मत (विजयी)

अन्य प्रमुख उम्मेदवारहरू :

बिन्दा पाण्डे : ९२१ मत
परशुराम मेघी गुरुङ : ४६१ मत
अरुण नेपाल : ४३९ मत
टंक प्रसाद कार्की : ३५८ मत
भीमप्रसाद आचार्य : २६५ मत

महासचिव (१ पद)

शंकर पोखरेल : १२२८ मत (विजयी)
सुरेन्द्र प्रसाद पाण्डे : ९९९ मत

उपमहासचिव (३ पद)

लेखराज भट्ट : १४५२ मत (विजयी)
रघुवीर महासेठ : १३६८ मत (विजयी)
योगेश भट्टराई : १३४८ मत (विजयी)

अन्य प्रमुख उम्मेदवारहरू :

विष्णु प्रसाद रिमाल : १०९१ मत
आनन्द प्रसाद पोखरेल : ६३५ मत
वैजनाथ चौधरी : ५१७ मत
राजेन्द्र प्रसाद गौतम : २७० मत

सचिव (९ पद)

महेश बस्नेत : १५४४ मत (विजयी)
पद्मा कुमारी अर्याल : १५३० मत (विजयी)
छविलाल विश्वकर्मा : १५०६ मत (विजयी)
शेरधन राई : १५०३ मत (विजयी)
खगराज अधिकारी : १२३१ मत (विजयी)
हिक्मत कुमार कार्की : १३३७ मत (विजयी)
यमलाल कँडेल : ११८५ मत (विजयी)
राजन भट्टराई : ११८१ मत (विजयी)
भानुभक्त ढकाल : ११०८ मत (विजयी)

अन्य प्रमुख उम्मेदवारहरू :

गोकुल प्रसाद बास्कोटा : १०३० मत
ठाकुर प्रसाद गैरे : ८८३ मत
रचना खड्का : ८७७ मत
कर्णबहादुर थापा : ८४७ मत
अग्नि प्रसाद खरेल : ७१६ मत
विनोद प्रसाद ढकाल : ६८४ मत
कृष्ण गोपाल श्रेष्ठ : ६२५ मत
पेम्बा लामा : ४९३ मत
लाल बाबु पण्डित : ४९६ मत
इन्द्रलाल सापकोटा : ४०५ मत
पुरुषोत्तम पौडेल : ४६२ मत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर