एमाले महाधिवेशन : ओलीले १५६मत ल्याउँदा ईश्वरको ६७ मत

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज बिहान सम्पन्न मतदानपछि मत गणना प्रारम्भ भएको छ प्रारम्भिक मत परिणाम अनसार अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीले अग्रता कायम कारेका छन् । ओलीका प्रस्तिर्धी ईश्वर पोखरेलले ६७ मत ल्याउँदा ओलीले १ सय ५६ मत ल्याएका छन् ।

हालसम्म आठ विद्युतीय मेसिनको मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत ल्याएका छन् । २२३ मतगणना गरिएको हो । मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् ।

यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ । १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर