एमालेमा २१ सय मत खस्यो, सुस्त गतिमा मतदान अन्तिम चरणमा
काठमाडौं । नेकपा एमालेमा नयाँ पदाधिकारी चयनका लागि मतदान प्रक्रिया आज बिहीबार बिहासम्म पनि जारी रहेको छ । एमाले निवाचन समितिका अनुसार अहिले बिहान ६ बजेसम्म २१ सय मत खसेको छ । पुस महिनाको ठण्डीमा पनि मतदाताहरू उत्साहपूर्वक मतदानमा भाग लिइरहेका छन् । भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको हो ।
महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् । कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई समस्या भएको छ ।

प्रतिक्रिया
