मौसम : पहाड तथा तराईमा चिसो बढ्ने
काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । आज सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । नेपालमा पश्चिम वायुको आंशिक प्रभावका कारण पहाड तथा तराईका क्षेत्रहरूमा चिसो बढ्ने छ ।
प्रतिक्रिया
