एमालेमा आज उम्मेदवारको मनोनयन प्रक्रिया आरम्भ हुने

काठमाडौं ।  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सोमबार हुने भएको छ । एमाले निर्वाचन समितिले जारी गरेको तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू हुनेछन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। त्यसपछि बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त दर्ता गर्ने कार्यक्रम रहेको छ ।

दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । तालिकाअनुसार भोलि मंगलबा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर