एमालेमा विधानविपरीत वरिष्ठ उपाध्यक्ष पद हट्यो
काठमाडौं । नेकपा एमालेले यसअघिको विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । एमालेले गोदाबरी विधान महाधिवेशनमा तय गरेको १५ सदस्यीय पदाधिकारीको निर्णय उल्ट्याएर १९ सदस्यीय बनाउने भएको छ।
आज आइतबार एघारौं महाधिवेशनको बन्दसत्र सुरुहुनुन अघि बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया
