जाँचबुझ आयोगको कार्यादेश थप गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
दुई पक्षबीच बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो । ‘सम्झौता बमोजिम मन्त्रिपरिषद् असोज ६ गते निर्णयअनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ,’ उनले भने । आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए ।
प्रतिक्रिया
