खापुङ, दुवाडीपछि ओली र लेखकको बयान लिइने,नआएमा कारवाही ?

काठमाडौं ।  गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणि दुवाडीलाई आज बिहीबार बयानका बोलाएको छ । यसअघि आयोगले अस्ति मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरिएको थियो।

खापुङ जेनजी आन्दोलनकाने समयमा नेपाल प्रहरीको महानिरीक्षक थिए। आन्दोलनमा २३ गते प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको थियो। यसअघि खापुङलाई आयोगले २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। गौरीबहादुर कार्की (अध्यक्ष), सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीको कमाण्डमा आयोग गठन भएको केही दिनमै प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरुको विवरण माग गरेको थियो। जसको जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको उल्लेख गरेर पठाएका थिए। त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो। त्यसको जवाफ लामो समयसम्म नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टीकरण नै सोधेको थियो। तर त्यही बिचमा उनले उक्त स्पष्टिकरणको जवाफसँगै आयोगले माग गरेको विवरण पनि पठाएका थिए। यहीबीचमा

खापुङ कात्तिक २६ गतेबाट अनिवार्य अवकाश भए। पूर्वगृह सचिव दुवाडीसँग पनि बिहीबार नै बयान लिने भएको छ। जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते सरुवा गरेको थियो। उनलाई गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। अहिले गृह सचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन्।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौंबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो। तर यसबिचमा उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्। दुवाडी र खापुङसँग बयान लिन सकेपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने भएको छ। आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा रहेका कार्कीलाई खापुङले २४ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा खटाएका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइने भएको आयोगको तयारी रहेको छ । प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। तर लेखकले भने यसअघि नै बयानका लागि तयारी गरिसकेको उनी निकट स्रोतले जानकारी दिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर