प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने गृहकार्य

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले मिहिनढंगले सवै पक्षको विश्लेषण गरेर काम गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

निर्वाचन प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरु पनि क्रियाशील भइसकेकोले देशभर निर्वाचनको माहौल बनिरहेको पनि उहाँले बताउनु भयो । सरकार, राजनीतिक दल तथा चार वटै सुरक्षा निकायसँग शृङ्खलाबद्ध छलफल भइरहेको जानकारी दिनु हुदै यसवाट निर्वाचन सुरक्षाको सकारात्मक वातावरण सुनिश्चित गरिसकेको पनि उहाँले बताउनुभयो ।

पुुराना मतदाता एक करोड ८१ लाख ६८ हजार २३० रहेकोमा यसपटक आठ लाख नयाँ मतदाता थपिएको जानकारी पनि उहाँले दिनुभयो । दर्ता भएका नयाँ मतदाताको रुजु गरि अन्तिम मतदाताको नामावली पुसको तेस्रो साताभित्र सार्वजनिक गरिने पनि निर्वाचन आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर