आज मंगलबारको मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज रातीकोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया
