पत्रकार सुरेश रजक शहीद घोषित
काठमाडौं । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो । हिजो सोमबारबसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
प्रतिक्रिया
