सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कंग्रेसको रिट पेश

काठमाडौं ।  विघटित प्रतिनिधिसभाका नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूका तर्फबाट रिट निवेदन प्राप्त भएको र यस विषयमा सोमबार छलफलपछि प्रक्रिया अगाडि बढ्ने बताए ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुनको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन रहेका अदालतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर