मौसम : मुख्यतया सफा रहने

काठमाडौं ।  कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण-पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज  मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर