मेयर बालेन्द्र साहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका बुबा रामनारायण साहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । साहलाई हिजाे दिउँसाे अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया
