समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं ।  समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्थाबमोजिम प्रत्यक्ष र समानुपातिक गरी दुई वटा निर्वाचन प्रणाली रहेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए । चुनाव सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर