प्रतिनिधिसभा पुनर्स्थापना गर्न एमाालेको सर्वोच्चमा रिट निवेदन

काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको थियो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको दाबी गर्दै एमालेले मंगलबार सर्वोच्चमा दिएको रिट निवेदनमा संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय संविधान र लोकतन्त्रविपरीत भएको ठहर गर्दै पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।

दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर