अपरेसन सिन्दूरमा पाकिस्तानले ठूलो सैन्य सफलता हासिल गरेको दाबी

काठमाडौं । एक अमेरिकी रिपोर्टले मे २०२५ मा भारत र पाकिस्तानबीच भएको चारदिने युद्ध (अपरेसन सिन्दूर) मा पाकिस्तानले ठूलो सैन्य सफलता हासिल गरेको दाबी गरेको छ। प्रतिवेदनले पहलगाम आक्रमणलाई आतंकवादी आक्रमण नभई ‘विद्रोह आक्रमण’ पनि मानेको छ। यो ८०० पृष्ठको रिपोर्ट अमेरिका-चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोग (यूएससीसी) द्वारा जारी गरिएको हो।

रिपोर्टबारे पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार भने, ‘अमेरिकी संसद्‌मा प्रस्तुत गरिएको रिपोर्टले भारतसँगको सैन्य द्वन्द्वमा पाकिस्तानको विजय पुष्टि गरेको छ।’ पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार, सहबाजले भने, ‘पाकिस्तानी सेनाको उत्कृष्ट प्रदर्शनले शत्रुलाई घुँडा टेकाएको थियो। फिल्ड मार्सल असिम मुनिरले यसमा प्रमुख भूमिका खेलेका थिए।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर