बारा घटनापछि रणनीति तय गर्न सुरक्षा परिषदको बैठक
काठमाडौं । बारामा हिजोदेखि भएको झडप र प्रदर्शनको विषयलाई लिएर आज सुरक्षा परिषद्को बैठक बस्यो । केहीवेर अघि सम्पन्न बैठकमा बारा घटना र त्यसले पार्न सक्ने सुरक्षा चुनौति तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिवारे छलफल भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनु भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा अवस्था र त्यसले पार्न सक्ने प्रभावका वारेमा जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजो बारामा जेन-जी युवा र एमालेका कार्यकर्तावीच झडप भएपछि सिमरामा आज पनि प्रदर्शन भएको थियो । आज विहानैदेखि जेन-जी युवहरुले प्रदर्शन गर्न थालेपछि प्रशासनले आज राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
प्रतिक्रिया
