राजनीतिक प्रतिशोध मात्रै हो : शेख हसिना
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध अदालतले मानवता विरुद्धका आरोपमा मृत्युदण्ड सुनाएको छ । फैसला सुनिँदा भारतमै निर्वासनमा रहेकी हसिनाले त्यो केबल ‘राजनीतिक प्रतिशोध’मात्रै भएको बताएकी छन् ।
नयाँ दिल्लीमा इन्डिया टुडेसँग कुरा गर्दै ७८ वर्षीया हसिनाले यो फैसला राजनीतिकरूपमा प्रेरित, पक्षपाती र पूर्वनिर्धारित निष्कर्ष भएको आरोप लगाएकी छन् । अदालतले हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीमाथि गोली चलाउन आदेश गरेको र अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गरेको हो।
हसिनाले अन्तरिम सरकारप्रमुख मुहम्मद युनुसमाथि ‘असंवैधानिक रूपमा सत्ता कब्जा गरेको’ आरोप लगाउँदै आन्दोलनमा १४०० जना मारिएको दाबी ‘झुटो’ भएको दाबी पनि गरेकी छन् ।
प्रतिक्रिया
