बंगलादेशमा शेख हसीनालाई फाँसीको सजाय

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना र पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाल लाई ढाकामा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धका अपराधको दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको छ। अदालतले तख्तापलटको क्रममा हत्या गरेको दोषी ठहर गरेको हो ।

न्यायाधिकरणले शेख हसिना, पूर्व गृहमन्त्री कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनलाई दोषी ठहर्‍याउँदै मुद्दाको फैसला सुनाइरहेको छ। ‘मुद्दामा प्रस्तुत सबै प्रमाणहरू वास्तविक छन्, कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित होइनन्,’ न्यायाधिकरणले भन्यो।

फैसला पढ्दा अदालतमा चौधरी मात्र उपस्थित थिए। उनले गत वर्षको विद्रोहमा संलग्न भएको स्वीकार गरेका छन्। शेख हसिना र असदुज्जमान दुवै फरार छन्। शेख हसिना भारतमा निर्वासनमा बसेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर