मधेसमा आन्दोलन जारी राख्ने निर्णय
काठमाडौं । मधेसमा आन्दोलनरत ७ दलले मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन ।
नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बुधबार चौथो दिन पनि ७ राजनीतिक दलले संयुक्त रुपमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन गरे ।
जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको ख्यालै नगरी अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरिएको र सर्वोच्चको फैसला नआएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बताउनुभयो ।
उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्तिको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् । मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।
