कुलमानको ब्याक भएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा

काठमाडौं ।  ऊर्जामन्त्री कुलमान घिसिङले समर्थन जनाएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा विवरण बुझाएको छ। मंगलबार पेस गरिएको अद्यावधिक विवरणअनुसार अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई राखिएको छ। अहिले ५१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ।

उपाध्यायलाई अध्यक्ष राखिए पनि अन्य सबैलाई सदस्य बनाइएको छ। जसमा डा. ताराप्रसाद जोशी, प्राडा महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, रिमा विश्वकर्मा, टासी ल्हान्जोमलगायत छन्। चुनाव चिह्न ‘बलेको चिम’ माग गरिएको छ। अहिले कुलमान भने समितिमा बसेका छैनन्। उनी निर्वाचनका बेला सक्रिय हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर