दिल्ली विस्फोट घटनाप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटलाई लिएर दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गरेकी हुन्।
उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उल्लेख गर्दै लेखेकी छन्, ‘हिजो साँझ भएको दु:खद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’ सोमबार बेलुका भएको विस्फोटमा १३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया
