मेलम्चीको पानी ल्याउन मन्त्री कुलमानको अग्रसरिता

काठमाडौं । खानेपानी मन्त्रालयसमेतको कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको निर्देशानुसार  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई आग्रह गरेका छन् ।

 मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई आज सोमबार भेटेर समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरे । विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानी समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे ।

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।

अध्यक्ष निमाग्याल्जेन शेर्पाले आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापत २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर