विधानसभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा बन्द

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा पहिलो चरणको विधानसभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा बन्द गरिएको छ।

विधानसभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमाअन्तर्गत जटही नाका आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाइ गर्न तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने लक्ष्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ ।

मतदान अवधिभर सीमा नजिकका संवेदनशील क्षेत्रहरूमा सशस्त्र र सुरक्षा कर्मी तैनाथ गरिएको हो । सडक तथा पैदल यात्रुका लागि बिहान ६ देखि साँझ ६ बजे सम्म नाका बन्द हुँदा स्थानीय व्यापारी, यात्रु र दैनिक आयआर्जनमा आश्रित व्यक्तिलाई असुविधा भोग्नु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर