आज कार्तिक २० गते बिहीबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य गर्नुहोस् व्यापारमा लाभ रहनेछ। आर्थिक क्षेत्रमा कारोबार गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा सक्रियता बढ्नेछ। आफ्नो योजना अरु कसैसँग नभन्नुहोस्। शेयर बजारमा लगानी लाभदायी रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कठिन परिश्रमले लक्ष्य प्राप्ति हुनेछ। स्वास्थ्यमा खानपानलाई लिएर सजग रहनुहोला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यर्थको दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूको सहयोगले मन उत्साहित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सम्बन्धमा मनमुटावको सम्भावना देखिएको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य बाट बच्नुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैवाहिक जीवनमा मधुरता बढ्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संसाधनको कमीले महत्वपूर्ण कार्यमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन्। लगनशीलताले उन्नतिको नयाँ मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वाद विवाद सुल्झिनेछ। पूजा पाठ वा सामाजिक कार्यमा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
