माओवादी त्याग्दै जनार्दनले खोले प्रगतिशील अभियान नेपाल

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहितका विभिन्न दल र समूहसँग एकता गरेपछि एकता प्रक्रिया बहिष्कार गरेका जनार्दन शर्माले पनि माओवादी त्यागेका छन् । शर्माले आज पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान चलाउने घोषणा गरेका हुन् ।

उनले प्रचण्ड माधव नेपालको नीतिमा लम्पसार परेको आरोप लगाए । तर, आफूले देशव्यापी रुपमा प्रगतिशील अभियान चलाउने र देशको नेतृत्व युवाको हातमा पुर्याउने शर्माको घोषणा छ ।

उनले अब देशव्यापी रुपमा युवा पुस्तालाई जोडेर अभियान चलाउनेपनि घोषणा गरे । शर्माले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै गर्दा माओवादीको महाधिवेशन आयोजक समितिले भने एकीकृत समाजावादीसहितका दलहरुसँग गरेको एकता घोषणालाई अनुमोदन गरेको छ ।

यसैगरी माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् । पत्रकार सम्मेलनमा माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भनेका छन् ।

वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा माओवादी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, ‘फेरि सशस्त्र संघर्ष नै निरन्तर लैजानु सम्भव थिएन तर, संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर