साँगा नाका सडकमा समस्या भएपछि यातायात बन्द

काठमाडौं ।  अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुर-काभ्रे सिमानाको साँगा सडक खण्डमा लेदो र हिलो जम्दा सवारीसाधन आवागमनमा समस्या उत्पन्न भएको छ। हिलोमा ठुला सवारीसाधन फस्दा साना सवारीसाधनलाई झन समस्या हुने गरेको छ । आवतजावतमा समस्या भएपछि ट्राफिक प्रहरीले सवारी यातायातलाई डाइभर्ट गरी बैकल्पिक बाटोबाट जान सुझाव दिएको छ।

साँगा सडकमा समस्या उत्पन्न भएपछि काठमाडौं-बनेपा-धुलिखेल गर्न आवतजावत गर्न मुस्किल भएको छ । अधिकांश सार्वजनिक गाडीहरू चल्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर