त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले उडान र अवतरण अवरुद्ध भएको छ । खराब मौसमका कारण १५२ उडान प्रभावित भएको कार्यालयले जनाएको छ ।
खराब मौसम : वाह्य र आन्तरिक उडान प्रभावित
काठमाडौं । मौसममा परिवर्तन आएसँगै काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु अवतरण हुन सकेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतिपय विमानहरु अवतरण हुन नसकेपछि आकाशमा होल्ड भइरहेका छन् ।
साउदी अवरको दमामबाट काठमाडौं आएका विमान निजगढको आकाशमा होल्ड भइरहेको छ । त्यस्तै विराटनगरबाट आएको बुध्द एयरको विमान पनि आकाशमा फन्का लगाइरहेको छ भने जनकपुरबाट काठमाडौं आउँदै गरेको विमान पनि आकाशमा फन्का लगाइरहेको छ । ग्वान्जाउबाट काठमाडौंबाट आउँदै गरेको विमान पनि निजगढको आकाशमा होल्ड भएको छ ।
प्रतिक्रिया
