पाँच सदस्यीय संवैधानिक इजलास गठन, आज सुनुवाइ हुँदै
काठमाडौं । संसद विघटनविरुद्धको रिटको प्रारम्भिक सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूसहित वरिष्ठतम न्यायाधीशहरुलाई राखेर प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि इजलास बनाएका हुन्।
आज बुधबार तोकिएको इजलासमा न्यायाधीशहरु राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्। जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएकोे संसद विघटनविरुद्ध १६ वटा रिट निवेदन परेका छन्।
प्रतिक्रिया
