कांग्रेस सभापति देउवा दम्पती सिंगापुर प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर प्रस्थान गरेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि गएराति सिंगापुर उडेका हुन् । आन्दोलनका क्रममा घाइते भएपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा देउवाको टाउकोमा १२ टाँका लगाइएको बताइएको थियो ।
प्रतिक्रिया
