शहीदको रगत नबिर्सन सावधान गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन सावधान गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।
उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ नारा लेखिएका प्लेकार्ड बोकेर जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि सावधान गरेका छन्।
प्रतिक्रिया
