भरतपुरमा स्कुटर दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं ।  भरतपुरमा स्कुटर आफै अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आँफै अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक भरतपुर २१ वस्ने वर्ष २५ को सन्दिप घिमिरे र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

घाइते दुबै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना स्थल जिल्ला प्रहरी कार्यालय चितनबाट १ कि.मि.पश्चिम दक्षिणमा पर्दछ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर