निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी गराएकी छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी अझ द्रुततर गतिमा अघि बढाइँदै लगेको बताइन् ।

प्रधानमन्त्री कार्कीले हिजो शनिबार भएको राष्ट्रपतिसहित सुरक्षा प्रमुखको बैठकमा उनले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुनुपर्नेमा जोड दिएकी थिइन् । बैठकमा सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको थियो। चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको समेत जानकारी प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर