निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थासम्बन्धी छलफल

काठमाडौं । सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो ।

बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका थिए । सबै सुरक्षा निकायका प्रमुखहरूले अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको बताएका थिए । विभिन्न दलसँग भइरहेको ‌संवादका विषयमा पनि प्रधानमन्त्रीले जानकारी गरा इन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर