महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई आज बुधबार थुनामा पठाउने आदेश गरेको हो।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए। मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो। बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर